सुदूरपश्चिममा एमालेका मन्त्रीहरु बर्खास्त
कैलाली –सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री शाहले एमालेका चार जना मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् ।
यसअघि मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा मागेका थिए ।
उनले एक घण्टाभित्र बजेट पास गर्ने या सरकार छोड्ने बारे निर्णय दिन एमाले मन्त्रीहरूलाई अल्टिमेटम दिएका थिए ।
एमालेले बजेट पारितमा सहयोग नगर्ने संकेत पाएपछि मुख्यमन्त्रीले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, असार ३१, २०८३ १४:१७
प्रतिक्रिया दिनुहोस्





