Sagun Khabar
एमालेले लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

कैलाली –सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेपछि एमालले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीलाई बर्खास्त गरेका थिए ।

त्यसपछि आजै बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 
 

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १७:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update