Sagun Khabar
बैतडीको दोगडाकेदारमा भदौ ३० देखि विद्यालय सञ्चालन हुने 
Atrya hospital

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाले यही भदौ ३० गतेदेखि विद्यालय सञ्चालनमा ल्याउने भएको छ । कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेका विद्यालय भदौ ३० गतेदेखि सञ्चालनमा ल्याउने निर्णय भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेशप्रसाद  भट्टले जानकारी दिए । 

शुक्रबार बसेको गाउँ शिक्षा समितिको बैठकले स्वास्थ्यका मापदण्ड अपनाएर भदौ ३० गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकाहरुको पठनपाठनमा प्रभाव परेको भन्दै धमाधम विद्यालयहरु सञ्चालन हुन थालेका छन् । जिल्लाका सबै जसो स्थानीय तहहरुले विद्यालय सञ्चालनको तयारी गरिरहेका छन् । 


 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १६:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update