Sagun Khabar
बैतडी र बझाङका केही ठाउँमा टेलिफोन सेवा अवरुद्ध 

बैतडी –बैतडी र बझाङका केही ठाउँमा नेपाल टेलिकमको जिएसम मोबाइल सेवा र स्काई फोन सेवा अवरुद्ध भएको छ ।

बझाङको बित्थडचीरमा रहेको नेपाल टेलिकमको टावरमा चट्याङ परेपछि फोन सेवा अवरुद्ध भएको स्थानीयहरुले बताएका छन् । 

Atrya hospital

टावरमा केही दिन अघि चट्याङ परेपछि फोन सेवा अवरुद्ध हुँदा बित्थडचीर गाउँपालिकाका विभिन्न वडा र बैतडीको श्रीभावर लगायतका क्षेत्रमा सञ्चार सुविधाबाट वञ्चित भएको स्थानीयहरुको भनाई छ । 

अत्यावश्यक कामका लागि समेत सम्पर्क गर्न निकै मुस्किल भएको स्थानीयहरुलाई उद्धृत गर्दै सहकर्मी सुरेश महराले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  ०७:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update