Sagun Khabar
अनेरास्ववियु (क्रान्तिकारी) बैतडीको अध्यक्षमा माल
Atrya hospital

बैतडी –अनेरास्ववियु (क्रान्तिकारी) बैतडीको अध्यक्षमा गोविन्दसिंह माल सर्वसम्मत चयन भएका छन् । बिहीबार सम्पन्न अनेरास्ववियु (क्रान्तिकारी)को ९ औं जिल्ला सम्मेलनले मालको अध्यक्षतमा ५१ सदस्यीय जिल्ला कमिटिमा सर्वसम्मत रुपमा चयन गरेको हो । 

समितिको उपाध्यक्षमा सोनम धामी, पूर्ण धामी र गणेश ओड चयन भएका छन् । यसैगरी सचिवमा गणेश बम, कोषाध्यक्षमा हेमा कुँवर र सहसचिवमा रोशन भट्ट, सुरज विक र तेजराज जोशी चयन भएका छन् । 

अनेरास्ववियु (क्रान्तिकारी)को नयाँ जिल्ला कमिटिले शिक्षा क्षेत्र सुधारका लागि पहल गर्ने, विद्यार्थीहरुको हकहितका लागि पहल गर्ने अध्यक्ष मालले बताए ।  
 

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १८:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update