Sagun Khabar
बैतडीमा बिहीबार थप ३ जनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा बिहीबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ४ का ४३ बर्षीय पुरुष र २६ बर्षीया महिला तथा दोगडाकेदार गाउँपालिका ३ का २४ बर्षीया एक जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए ।

यस्तै आज एकजना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २० जना रहेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ११ जना, मेलौली नगरपालिकामा ३ जना, पाटन नगरपालिकामा २ जना, पुर्चौंडी नगरपालिका,दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना रहेका छन् ।

Atrya hospital

यस्तै बैतडीमा जिल्ला बाहिरका एकजना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । बैतडीका ४ ओटा स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् ।

जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १७:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update