Sagun Khabar
बैतडीमा नेकपा (एस)को पक्षमा २८ जनप्रतिनिधिले सनाखत गरे 
Atrya hospital

बैतडी –बैतडीमा नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा २८ जना जनप्रतिनिधिले सनाखत गरेका छन् । 
निर्वाचन आयोगले भदौ २२ गते सम्म दल रोज्ने समय दिएपछि सो अवधिमा २८ जना जनप्रतिनिधिले नेकपा (एस)को पक्षमा सनाखत गरेका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए । सनाखत गर्नेहरुको नाम भने खुलाइएको छैन् । 

नेकपा (एस)को पक्षमा सनाखत गर्नेहरुको नामावली निर्वाचन आयोगमा पठाइएको जिल्ला निर्वाचन अधिकारी फँुयालले जानकारी दिए । 

एमालेबाट औपचारिक रुपमा विभाजन भएपछि नेकपा (एस)ले बैतडीमा पनि कार्यालय स्थापना गरेर संगठन विस्तारको काम शुरु गरिसकेको नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटि सदस्य दिनेशप्रसाद भट्टले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १४:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update