Sagun Khabar
बैतडीका ७६ वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन, ८ वडामा चुनाव 

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यही भाद्र २१ गते बैतडीमा सम्पन्न भएको वडा अधिवेशन अन्तर्गत ८ वडामा निर्वाचन मार्फत वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि छनौट भएका छन् । 

८४ वडा मध्ये ७६ वडामा सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए । केही वडामा सभापति र केही वडामा क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन भएको उनले बताए । 

Atrya hospital

जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ३, डिलाशैनी गाउँपालिका वडा नं ७, मेलौली नगरपालिका वडा नं ६ र ७, पाटन नगरपालिका ७ र दशरथचन्द नगरपालिका ८ मा वडा निर्वाचन भएको निर्वाचन अधिकृत जोशीले बताए । 

यस्तै सिगास गाउँपालिकाका पनि दुईओटा वडामा निर्वाचन मार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका जानकारी प्राप्त भएको जोशीले बताए । 

निर्वाचन भएका वडाहरु मध्ये केहीमा वडा सभापति र केहीमा क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन भएको हो । वडा अधिवेशन सम्पन्न भएपछि यही भदौ २७ गते हुने पालिका अधिवेशनका लागि निर्वाचन समितिले तयारी गरिरहेको जोशीले जानकारी दिए ।  
 

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १३:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update