Sagun Khabar
बैतडी : विद्यालय भवन जीर्ण हुँदा पठनपाठनमा समस्या 

बैतडी –बैतडीको पाटन नगरपालिका १० मा रहेका दुइओटा विद्यालयका भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको स्थानीयहरुले बताएका छन् । पाटन नगरपालिका १० पनालीस्थित सिद्धसिगास आधारभूत विद्यालयको भवनमा गत जेठमा हावाहुरीले क्षति पुर्याएको भएपनि मर्मतमा कसैले ध्यान नदिएको स्थानीय सूर्य बिष्टले जानकारी दिए । 

विद्यालय भवन जीर्ण भएपनि मर्मत सम्भार हुन नसकेको उनले बताए । वडादेखि नगरपालिका सम्म जीर्ण भवन मर्मतका लागि आग्रह गरिएको भएपनि बेवास्ता गरिएको बिष्टले जानकारी दिए । 

Atrya hospital

यस्तै पाटन नगरपालिका १० हतासस्थित बह्रम आधारभूत विद्यालयमा पनि भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ । कक्षा ८ सम्म पढाई हुने सो विद्यालयको एक भवन पूर्ण रुपमा काम नलाग्ने अवस्थामा पुगेको स्थानीय जयराज भट्टले जानकारी दिए । 

१३० जना विद्यार्थी अध्ययन गरिरहेका सो विद्यालयको भवन जीर्ण भएपनि त्यसको मर्मत सम्भारका लागि सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय देवदत्त पन्तले बताए । जीर्ण भवनमा बालबालिकाहरुलाई पठनपाठन गराउनु निकै जोखिमपूर्ण रहेको समेत उनले बताए । 

यता पाटन नगरपालिका वडा नं १० का वडा अध्यक्ष देवेन्द्र कुँवरले दुवै विद्यालयका जीर्ण भवनको चालु आर्थिक बर्षमा मर्मत सम्भार गरिने दाबी गरे । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १२:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update