Sagun Khabar
कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा कम

काठ्माण्डौँ-नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा दुई हजार एक सय ६१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार चार सय ७९ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ३३ हजार एक सय ६१ पुगेको छ । यस्तै गम्भीर बिरामीको सङ्ख्यामा पनि कमी आएको छ ।

Atrya hospital

अहिले चार सय ८८ जनाको आईसीयू र एक सय ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार चार सय ५५ जनाको नमुना परीक्षण गर्दा एक हजार ६ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १२ दशमलव १८ प्रतिशतमा सङ्क्रमण देखिएको छ । आज थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ५९ हजार पाँच सय ३५ पुगेको छ ।

यही अवधिमा थप १० जनाले ज्यान गुमाएसँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार आठ सय ८९ पुगेको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  २१:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update