Sagun Khabar
बैतडीमा निजामति सेवा दिवसको अवसरमा वृक्षारोपण 
Atrya hospital

बैतडी –निजामति सेवा दिवसको अवसरमा बैतडीका विभिन्न ठाउँमा वृक्षारोपण गरिएको छ । दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयको परिसरमा रुद्राक्ष, सिलंगा लगायतका बिरुवा वृक्षारोपण गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

यस्तै दिवसको अवसरमा सुर्नया गाउँपालिकामा पनि वृक्षारोपण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कमलापति भट्टले बताए । 

यस्तै निजामति दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयले उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बा रामदत्त जोशीलाई सम्मान गरिएको सूचना अधिकारी भारतीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १५:१८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update