Sagun Khabar
पहिरोले बैतडीको पाटन–पञ्चेश्वर सडक अवरुद्ध 
Atrya hospital

बैतडी –बर्षाका कारण पहिरो खस्दा बैतडीको पाटन–पञ्चेश्वर सडक अवरुद्ध भएको छ । गएराती सो सडकको पाटन नगरपालिका ६ मेल्तडा नजिकै ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पाटन प्रहरी नायव निरीक्षक रामदत्त भट्टले बताए । 

सडक माथिबाट खसेको पहिरोले ठूलठूला सल्लाका रुख समेत सडकमा पुगेको प्रहरी नायव निरीक्षक भट्टले बताए । सडक अवरुद्ध हुँदा जिल्लाको तल्लोसोराड क्षेत्रमा जाने र तल्लोसोराड क्षेत्रबाट आउने सवारी साधन बीचबाटोमै रोकिएका छन् । 

सडकमा खसेको पहिरो पन्छ्याउनका लागि डोजर लगाएर काम भईरहेको भएपनि एकै डोजरले पहिरो पन्छ्याउन समस्या भएको छ । पहिरो पन्छ्याउन अर्को डोजरको पनि व्यवस्था प्रयास भईरहेको प्रहरी नायव निरीक्षक भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update