Sagun Khabar
निजामति सेवा दिवसको अवसरमा अक्षयकोष स्थापना 

बैतडी –निजामति सेवा दिवसको अवसर पारेर बैतडीमा अक्षयकोष स्थापना गरिएको छ । स्व.भागरथी भट्टको सम्झनामा उनले अध्ययन गरेका दुईओटा विद्यालयमा अक्षयकोष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

निजामति कर्मचारीहरुले संकलन गरेको १ लाख २० हजार रकमले दुईओटा विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो । भूमीराज मावि चडेपानी र सनातन धर्म मावि श्रीकोटमा ६० ÷६० हजार बराबरको अक्षयकोष स्थापना गरिएको सूचना अधिकारी भारतीले बताए । 

Atrya hospital

अक्षयकोषका लागि संकलन भएको रकम स्व. भागरथीका दाजु केशवराज भट्ट मार्फत सम्बन्धित विद्यालयमा पठार्ईएको छ । अक्षयकोषबाट प्राप्त हुने ब्याजले हरेक बर्ष गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने बताइएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ चडेपानी घर भएकी भागरथीको गत माघ २१ गते बलात्कारपछि हत्या गरिएको थियो । बलात्कार र हत्याको आरोपमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेश पछि पुर्पक्षका लागि बालसुधार गृह डोटीमा राखिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १४:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update