Sagun Khabar
कांग्रेसका नगर सभापति चन्द वडामै पराजित

 बैतडी –नेपाली कांग्रेसको दशरथचन्द नगरपालिकाका नगर सभापति लालबहादुर चन्द वडामै पराजित भएका छन् । १४ औं महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न भएको वडा अधिवेशनमा चन्द दशरथचन्द नगरपालिका वडा नं ८ बाट क्षेत्रीय प्रतिनिधिका उम्मेद्वार बनेका थिए । 

चन्दलाई चन्द्रसिंह थापाले चार मतअन्तरले पराजित गरेको मतदान अधिकृत सुरेन्द्र चन्दले जानकारी दिए । थापाले ५७ र चन्दले ५३ मत प्राप्त गरे । 

Atrya hospital

जिल्ला समन्वय समितिका सदस्य समेत रहेका चन्द १३ औं महाधिवेशनबाट नगर सभापतिमा निर्वाचित भएका थिए । 
सो वडामा १६ जना क्षेत्रीय प्रतिनिधिका लागि २४ जना आकाँक्षी रहेका थिए । जसमध्ये महिला खुल्ला ३, महिला समावेशी २, अपाङ्ग १ र दलित १ मा सहमति भएको थियो । 

९ जना खुल्ला प्रतिनिधिको लागि भने निर्वाचन भएको निर्वाचन अधिकृत पुष्पराज जोशीले बताए । जसमा १७ जनाले उम्मेदवारी दिएका थिए । एक सय २३ जना मतदाता रहेका भएपनि एक सय १ जनाले मात्रै मतदानमा सहभागिता जनाएका थिए ।

यसैबीच दशरथचन्द नगरपालिका वडा नं ८ मा चामुसिंह थापा वडा सभापतिसहित २८ जनाको वडा कार्यसमिति भने निर्विरोध निर्वाचित भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  ०८:४०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update