Sagun Khabar
बैतडीमा कांग्रेसको वडा अधिवेशन सम्पन्न 

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीका ८४ मध्ये ८३ वडामा अधिवेशन सम्पन्न भएको छ । निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार धेरै जसो वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । यद्यपि सबै ठाउँको विवरण भने आउन बाँकी रहेको छ । 

जिल्लाको शिवनाथ गाउँपालिका वडा नं ४ मा यो समाचार तयार पार्दा सम्म अधिवेशन हुन सकेको छैन् । उम्मेद्वारी पनि नदिएको र सहमति पनि नगर्दा अधिवेशन अन्यौल भएको निर्वाचन अधिकृत जोशीले बताए । निर्वाचन अधिकृत जोशीले अहिले सम्म ३० वडाको मात्रै जानकारी आएपनि सबै वडामा अधिवेशन सम्पन्न भईसकेको बताए । 

Atrya hospital

केही वडामा मतदानबाट वडा कार्यसमिति चयन भएपनि धेरै जसो वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा अधिवेशनले वडा कार्यसमितिका साथै क्षेत्रीय प्रतिनिधिहरु छनौट गरेको छ ।

जिल्लाका सबैजसो ठाउँमा सर्वसम्मतिबाट नेतृत्व चयन भएकाले पार्टी एकढिक्का भएर अघि बढेको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए ।  
 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १८:४०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update