Sagun Khabar
बैतडीमा २२ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरे 
Atrya hospital

बैतडी –बैतडीमा २२ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । २०७४ सालको निर्वाचनमा सूर्य चिन्हबाट चुनाव जितेका २२ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । 

समाजवादीको पक्षमा सनाखत गर्नेहरुको नाम खुलाइएको छैन् । २० जनाले आइतबार र २ जनाले सोमबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए । 

भोली सम्म सनाखत गर्ने समय रहेकाले थप जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने एकीकृत समाजवादीका जिल्ला कमिटि सदस्य दिनेशप्रसाद भट्टले दाबी गरे । 
 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update