Sagun Khabar
बैतडीमा सोमबार थप एकजनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा सोमबार थप एकजनामा कोरोना पुष्टि भएको छ । पाटन नगरपालिका १ का ३९ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २० जना रहेका छन् ।

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ११ जना, मेलौली नगरपालिकामा ३ जना, पाटन नगरपालिकामा २ जना, पुर्चौंडी नगरपालिका,सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् ।

Atrya hospital

यस्तै बैतडीमा जिल्ला बाहिरका एकजना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । बैतडीमा तत्कालका लागि ४ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् ।

शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका हुन् । 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १७:३८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update