Sagun Khabar
दुर्गममा काम गर्ने स्वास्थ्यकर्मी सामाजिक विभेद खेप्दै 

बैतडी –डडेल्धुरा घर भएकी अनमी भागरथी जोशी  बैतडीको शिवनाथ गाउँपालिका ६ स्थित कानली प्रसुती सेवा केन्द्रमा काम गर्छिन् । दुई बर्ष पहिला करार सेवामा काम गर्न थालेकी जोशीले गाउँमा विभिन्न सामाजिक विभेद खेप्नुपरीरहेको छ । 

शुरुमा गाउँमा आउँदा कोठा नै नपाएपछि उनी अहिले प्रसुती सेवा केन्द्रकै भवनमा डेरा गरेर बसेकी छिन् । उनले भनिन् ‘महिनावारी भएको बेलामा गोठमा बस्नुपर्छ । शौचालय प्रयोग गर्न पाइदैन भनेपछि म प्रसुती सेवा केन्द्रकै भवनमा बसीरहेकी छु ।’

Atrya hospital

अनमी जोशीले सुरक्षित प्रसुती सेवा केन्द्रमा सुरक्षित प्रसुती सेवा दिँदै आएकी छिन् । सुरक्षित प्रसुती गराउँदा उनले ११ दिन सम्म गाउँमा अछुतो भएर बस्नुपर्ने अवस्था रही आएको छ । ‘मैले सुरक्षित प्रसुती सेवा केन्द्रमा कुनै आमाको सुत्केरी गराएमा ११ दिन सम्म अलगै बस्नुपर्ने हुन्छ । ११ दिन सम्म मैले मागेर पानी खानुपर्ने अवस्था रही आएको छ ।’

स्वास्थ्य संस्थामा सुत्केरी सेवा दिए बाफत सम्मान पाउनुको सट्टा विभेद खेप्नुपरेको अनमी जोशीले गुनासो गरिन् ।जिल्लाका दुर्गम ठाउँका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुले यस्तै खालका विभेदको समाना गर्नुपरीरहेको उनले सुनाइन् । उनले भनिन् ‘मैले मात्रै होइन् । अन्य ठाउँका साथीहरुले पनि यस्तै खालको विभेद खेप्नुपरीरहेको छ ।’

गाउँघरमा अझै पनि सुत्केरी भएको बेला आमाहरुलाई नछुने चलन भएकाले आमाहरुले विभिन्न खालका समस्याहरु खेप्नुपरीरहेको अनमी जोशीले बताइन् । 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update