Sagun Khabar
बैतडीको दशरथचन्द नगरक्षेत्रका विद्यालय सञ्चालन 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका आजदेखि विद्यालय सञ्चालनमा आएका छन् । नगरपालिकाको शिक्षा शाखाले आइतबार विद्यालयका प्रधानाध्यापकहरुसंग छलफल गरेर आजदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए । 

लामो समयदेखि शिक्षण संस्था बन्द हुँदा पठनपाठनमा प्रभाव परेकाले भौतिक रुपमै विद्यालय सञ्चालन भएका हुन् । नगर क्षेत्रभित्रका विद्यालयहरुलाई भदौ २१ देखि २७ गते सम्म सञ्चालन ल्याइसक्न नगरपालिकाले निर्देशन समेत दिएको छ । 

Atrya hospital

कोरोना भाइरसको संक्रमणदर कम हुँदै गएपछि विद्यालय सञ्चालनमा ल्याउने निर्णय भएको शिक्षा शाखा प्रमुख नाथले बताए । विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने उनले बताए । 

प्रत्येक विद्यालयमा मास्क र सेनेटाइजरको व्यवस्था नगरपालिकाले गरेको शिक्षा शाखा प्रमुख नाथले बताए । दशरथचन्द नगरपालिकाभित्र ५२ ओटा सामुदायिक र १० ओटा संस्थागत विद्यालयहरु रहेका छन् ।

जिल्लाको पाटन नगरपालिकाले पनि विद्यालय सञ्चालनमा ल्याईसकेको छ भने शिवनाथ गाउँपालिकाले पनि यसअघि नै विद्यालय सञ्चालनमा ल्याईसकेको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update