Sagun Khabar
बैतडीमा आज कांग्रेसको वडा अधिवेशन हुँदै 

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा आज वडा अधिवेशन हुँदैछ । कतिपय जिल्लामा भदौ १८ गते वडा अधिवेशन भएपनि नेपाली कांग्रेस जिल्ला कार्यसमितिले बैतडीमा भदौ २१ गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो । 

जिल्ला कार्यसमितिले गरेको निर्णय अनुसार नै आज वडा अधिवेशन हुने नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले बताए । जिल्लाका ८४ ओटै वडामा अधिवेशन हुने जिल्ला कोषाध्यक्ष पाण्डेयले बताए ।  धेरै जसो वडामा सर्वसम्म नेतृत्व चयन हुने सम्भावना बलियो रहेको उनको भनाई छ । 

Atrya hospital

८४ वडा मध्ये धेरैजसो वडामा सर्वसम्मत नेतृत्व चयन भईसकेको र आज घोषणा हुने तयारी रहेको छ । वडा अधिवेशन सम्पन्न गर्नका लागि ८४ ओटै वडामा मतदान अधिकृत खटाइसकेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले जनाएको छ । 

वडा अधिवेशनले वडा कार्यसमिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधिहरु समेत चयन गर्नेछ । बैतडीमा नेपाली कांग्रेसका ६ हजार ५७४ जना क्रियाशील सदस्य रहेका छन् । ती मध्ये २ हजार ८२४ जनाले सदस्यता नवीकरण गरेका हुन् भने ३ हजार ७५० नयाँ सदस्य हुन् । 

वडा अधिवेशन पछि भदौ २७ गते पालिका अधिवेशन गर्ने तयारी भएको बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update