Sagun Khabar
अन्तरक्रिया तथा पार्टि कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न

बैतडी–नेकपा एमाले दशरथचन्द नगरपालिका वडा न. १ गुरुखोला बैतडीको अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । 


अन्तरक्रियामा पार्टिको सांगठनिक संचना, वर्तमान अवस्थाको समिक्षा तथा आगामी कार्ययोजना बारे छलफल भएको युवासंघ बैतडीका सदस्य भुपेन्द्र चन्दले बताए । 

Atrya hospital


पार्टिका वडा कमिटि अध्यक्ष बिष्णुदत्त भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी पुर्व अर्थराज्य मन्त्रि तथा संघिय सांसद दामोदर भण्डारी र बिशिष्ट अथिती प्रदेश सांसद लिलाधर भट्ट रहेका थिए । कार्यक्रममा पार्टिका प्रदेश तथा जिल्ला स्तरीय नेता र कार्यकर्ताहरुको सहभागीता थियो ।


यसैबिच मुस्याचौरमा रहेको पार्टि कार्यालय एक समारोहका बिच उद्घाटन गरिएको छ । 
सोमबार दशरथचन्द नगरपालिका २ देहिमाण्डौँको अन्तरक्रिया कार्यक्रम सम्पन्न हुने एमाले बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update