Sagun Khabar
बैतडीमा नेकपा (एकीकृत समाजवादी)को कार्यालय स्थापना 

बैतडी –नेकपा (एकीकृत समाजवादी)ले बैतडीमा जिल्ला कार्यालय स्थापना गरेको छ । नेकपा एमालेबाट औपचारिक रुपमा विभाजन भएपछि जिल्ला सदरमुकाममा पार्टी कार्यालय स्थापना गरिएको नेकपा (एकीकृत समाजवादी)का जिल्ला कमिटि सदस्य दिनेशप्रसाद भट्टले बताए । 

एमाले फुट्नु अघि बनाएको समानान्तर कमिटिका १६५ जना नेकपा एकीकृत समाजवादीमा समाहित भएका उनले बताए । जिल्ला पार्टी अध्यक्ष महादेव भट्टले आइतबार कार्यालयको उद्दघाटन गरेका हुन् । 

Atrya hospital

यसैबीच बैतडीमा अहिले सम्म २० जना प्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुँयालले जानकारी दिए । निर्वाचन आयोगले भदौ २२ गते सम्म सनाखत गर्ने समय तोकेको छ । 

पार्टीमा जनप्रतिनिधिहरुले सनाखत गर्ने समय बाँकी रहेकाले अझै धेरैले नेकपा एकीकृत समाजवादी सनाखत गर्ने जिल्ला कमिटि सदस्य भट्टले दाबी गरे । 
 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update