Sagun Khabar
बैतडीमा आइतबार एकजना संक्रमणमुक्त, नयाँ संक्रमित शुन्य 

बैतडी –बैतडीमा आइतबार एकजना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिकाका एकजना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

पछिल्लो २४ घण्टामा बैतडीमा नयाँ संक्रमितको संख्या शुन्य रहेको छ । ८८ जनाको एन्टीजेन परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Atrya hospital

जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १९ जना रहेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ११ जना, मेलौली नगरपालिकामा ३ जना, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना रहेका छन् ।

यस्तै बैतडीमा जिल्ला बाहिरका एक जना सक्रिय संक्रमित रहेका छन् । तत्कालका लागि बैतडीका चारओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । 

जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका हुन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update