Sagun Khabar
बैतडीको पाटनमा विद्यालय सञ्चालन 

बैतडी –बैतडीको पाटन नगरपालिकामा आजदेखि विद्यालय सञ्चालनमा आएका छन् । कोरोनाका कारण लामो समयदेखि विद्यालय बन्द रहँदा बालबालिकाहरुको शिक्षण सिकाईमा प्रभाव परेको र कोरोना संक्रमणदर पनि कम हुँदै गएकाले विद्यालय सञ्चालन गर्ने निर्णय भए अनुसार आजदेखि विद्यालय सञ्चालनमा आएका नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए । 

भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने नगरकार्यपालिकाले निर्णय गरेकाले सोही अनुसार विद्यालय सञ्चालन भएका उनले बताए । 

Atrya hospital

पाटन नगरपालिकामा लामो समयदेखि विद्यालय बन्द हुँदा शिक्षण सिकाईमा प्रभाव पारेकाले स्वास्थ्यका मापदण्ड अपनाएर आजदेखि विद्यालय सञ्चालनमा ल्याइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए । 

पाटन नगरपालिकामा ६४ ओटा सामुदायिक विद्यालय रहेका छन् । नगर क्षेत्र भित्रका सामुदायिक तथा निजी विद्यालयहरु आजदेखि सञ्चालनमा आएका उनले बताए । 

यसअघि जिल्लाको शिवनाथ गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याईसकेको छ । मेलौली नगरपालिकाले केही दिन विद्यालय सञ्चालन गरेर फेरी बन्द गरेको छ । नगर क्षेत्रमा कोरोनाका संक्रमित बढेको भन्दै नगरपालिकाले विद्यालय बन्द गरेको हो । 

लामो समयदेखि शिक्षण संस्था बन्द हुँदा बालबालिकाहरुको शिक्षण सिकाईमा नकारात्मक प्रभाव परेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update