Sagun Khabar
बैतडीमा कांग्रेसको वडा अधिवेशन भोली हुने 

बैतडी–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा भोली (सोमबार) वडा अधिवेशन हुने भएको छ । कतिपय जिल्लामा भदौ १८ गते वडा अधिवेशन भएपनि नेपाली कांग्रेस जिल्ला कार्यसमितिले बैतडीमा भदौ २१ गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो । जिल्ला कार्यसमितिले गरेको निर्णय अनुसार नै भोली वडा अधिवेशन हुने नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले बताए । 

जिल्लाका ८४ ओटै वडामा अधिवेशन हुने जिल्ला कोषाध्यक्ष पाण्डेयले बताए । धेरै जसो वडामा सर्वसम्म नेतृत्व चयन हुने सम्भावना बलियो रहेको उनको भनाई छ । ८४ वडा मध्ये धेरैजसो वडामा सर्वसम्मत नेतृत्व चयन भईसकेको र भोली घोषणा हुने तयारी रहेको छ । 

Atrya hospital

वडा अधिवेशन सम्पन्न गर्नका लागि ८४ ओटै वडामा मतदान अधिकृत खटाइसकेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले जनाएको छ । वडा अधिवेशनले वडा कार्यसमिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधिहरु समेत चयन गर्नेछ । 

बैतडीमा नेपाली कांग्रेसका ६ हजार ५७४ जना क्रियाशील सदस्य रहेका छन् । ती मध्ये २ हजार ८२४ जनाले सदस्यता नवीकरण गरेका हुन् भने ३ हजार ७५० नयाँ सदस्य हुन् । 

वडा अधिवेशन पछि भदौ २७ गते पालिका अधिवेशन गर्ने तयारी भएको बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update