Sagun Khabar
बैतडीमा शनिबार थप एकजनामा कोरोना पुष्टि, ३ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –बैतडीमा शनिबार थप एकजनामा कोरोना पुष्टि भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ का ६२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।यस्तै आज तीनजना संक्रमणमुक्त भएका छन् ।

जिल्लामा अहिले २० जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १२ जना, मेलौली नगरपालिकामा ३ जना, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना रहेका छन् ।

बैतडीमा जिल्ला बाहिरका एकजना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । तत्कालका लागि जिल्लाका ४ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।  

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update