Sagun Khabar
कर्णको साहित्य मोह

बैतडी– समसामयिक बिषयबस्तुमा साहित्यको कलम चलाउने कर्ण दयाल ‘सोराडी’ पछिल्लो समय बिभिन्न प्रतियोगीतामा बिजयी भएका छन् ।


गजल मुशायराले साहित्य पोस्टसँग मिलेर सञ्चालन गरेको गजल प्रतियोगिताको बिभिन्न चरणमा साहित्यकार कर्ण विजयी भएका हुन् । उक्त प्रतियोगितालाई अस्ट्रेलियामा व्यवसाय गरेर बसेका डिला खरेल र उनको कम्पनी इनाभेटिभ एसोसिएट्सले प्रायोजन गरेको छ । 

Atrya hospital


यसैगरि कर्णका आधा दर्जन बढि कृतिहरु बजारमा आइसकेकाछन् । कर्णका कृतिहरुमा समसामयिक राजनिति, सामाजिक विकृति लगायतका कुराहरुलाई ब्यंग्य गरिएको पाइन्छ ।

 
कर्णका लेख तथा रचनाहरु बिगतमा जिल्ला, प्रदेश तथा राजधानीबाट प्रकाशन हुने बिभिन्न पत्रिकामा छापिने गरेकोमा अहिले पत्रिका तथा अनलाईनहरुमा पढ्न पाइन्छ । 


विगतमा सक्रिय राजनितिमा लागेका उनि अहिलले साहित्यमै व्यस्त रहेको बताउछन् । उनि तत्कालिन नेकपा माओवादी पार्टीमा आवद्ध भएपनि अहिले सक्रिय राजनिति छैनन् ।  
 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update