Sagun Khabar
बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै 

बैतडी –बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । चालु आर्थिक बर्षमा अहिले ३७ जनामा स्क्रब टाइफस पुष्टि भईसकेको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । 

जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये ३७ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भईसकेको उनले बताए । माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

Atrya hospital

झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउने लगायतका लक्षण देखा पर्छन । यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

स्वास्थ्य संस्थामा चेकजाँच गरेपछि स्क्रब टाइफस भए नभएको बारेमा जानकारी हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update