Sagun Khabar
बैतडीको पाटनमा भोलीदेखि विद्यालय सञ्चालन हुने 

बैतडी –बैतडीको पाटन नगरपालिकाले भोलीदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ । कोरोनाका कारण लामो समयदेखि विद्यालय बन्द रहँदा बालबालिकाहरुको शिक्षण सिकाईमा प्रभाव परेको र कोरोना संक्रमणदर पनि कम हुँदै गएकाले विद्यालय सञ्चालन गर्ने निर्णय भएको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए ।

भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने नगरकार्यपालिकाले निर्णय गरेकाले सोही अनुसार विद्यालय सञ्चालन हुने उनले बताए । 

Atrya hospital

पाटन नगरपालिकामा लामो समयदेखि विद्यालय बन्द हुँदा शिक्षण सिकाईमा प्रभाव पारेकाले स्वास्थ्यका मापदण्ड अपनाएर आइतबारदेखि विद्यालय सञ्चालन गरिने नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए । माध्यमिक विद्यालयहरुलाई आलोपालो सञ्चालन गर्न भनेको र आलोपालोको मोडेल विद्यालय स्वयंले तयार पार्ने उनले बताए । उनले भने ‘लामो समयदेखि विद्यालय बन्द हुँदा समस्या भएको छ । त्यसैले शिक्षण सिकाईलाई सहज बनाउन विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हौं ।’

पाटन नगरपालिकामा ६४ ओटा सामुदायिक विद्यालय रहेका छन् । नगर क्षेत्र भित्रका सामुदायिक तथा निजी विद्यालयहरु सञ्चालनमा आउने शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिए । 

यसअघि जिल्लाको शिवनाथ गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याईसकेको छ । मेलौली नगरपालिकाले केही दिन विद्यालय सञ्चालन गरेर फेरी बन्द गरेको छ । नगर क्षेत्रमा कोरोनाका संक्रमित बढेको भन्दै नगरपालिकाले विद्यालय बन्द गरेको हो । लामो समयदेखि शिक्षण संस्था बन्द हुँदा बालबालिकाहरुको शिक्षण सिकाईमा नकारात्मक प्रभाव परेको छ । 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update