Sagun Khabar
बिहिबार ६ जना संक्रमण मुक्त
Atrya hospital

बैतडी–बैतडीमा आज ६ जना कोरोना संक्रमणमुक्त भएकाछन् । संक्रमणमुक्त हुनेमा दशरथचन्द नगरपालिकाका ४जना र दोगडाकेदार गाउँपालिकाका २जना रहेकाछन् भने, आज थप २ जनामा संक्रमण पुष्टी भएको छ । जिल्ला अस्पतालमा गरिएको पिसिआर परिक्षणमा मेलौली नगरपालिका वडा न. २का १जना र पाटन नगरपालिका वडा न. १०का एकजना रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

यसैगरि आज ६० जनाको एन्टीजेन परीक्षण गरिएकोमा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका श्रोत ब्यक्ति चन्दन सुबेदीले बताए । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या २६ कायम भएको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ११ जना, मेलौली नगरपालिकामा ९ जना, पुर्चौंडी नगरपालिकामा २ जना, पाटन नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना रहेका छन् । 

यस्तै बैतडीमा जिल्ला बाहिरका एकजना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ४ ओटा स्थानीयतहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकामा सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update