
गोविन्द पन्त बैतडी - राजनीतिक मैदानमा नयाँ तरंग ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रती देशभरका युवाहरूको मोह दिनप्रतिदिन बढ्दै गएको छ ।
पुराना राजनीतिक दलहरूप्रति वितृष्णा बोकेका युवाहरूको नजर अहिले रास्वपामै केन्द्रित देखिन्छ । हिजोका दिनमा पार्टीप्रति उदासीन देखिने युवाहरू आज रास्वपाका सभा–सम्मेलनमा बाक्लो उपस्थितिका साथ देखिन थालेका छन् । "हामी अब बुढाको झोला बोक्दैनौं !" भन्ने नारा बोकेर सामाजिक सञ्जालदेखि चोकचोकमा रास्वपाले युवालाई संगठनमा सक्रिय बनाउँदै लगेको छ ।
पुराना दलहरूप्रति निराशा, अवसरवादी नेतृत्व र भ्रष्टाचारको आक्रोशले युवालाई नयाँ विकल्प खोज्न बाध्य बनाएपछि त्यो विकल्प रास्वपा बन्न पुगेको छ । अहिले बजारदेखि बौद्धिक वर्गसम्म युवाको चासो बढदै गएको छ । बैतडी जिल्लामा केही दिन अघिमात्रै संगठन विस्तार सुरु गरेको रास्वपाले पाटन नगरपालिकामा मात्रै ६ सय भन्दा बढी सदस्य जोडन सफल भएको छ । नगरपालिकाका धेरै वडा बाट बाक्लो संख्यामा सदस्य बनाउन बल गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी बैतडीले पाटन नगरपालिकाको वडा नम्बर ३ बाट मात्रै १ सय भन्दा बढी सदस्य जोडन सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी बैतडीका जिल्ला उप सभापति हेमन्त ऐरले बताए ।
सदस्यता लिने मध्ये अधिकांश व्याक्ती १८ वर्ष देखि ३० वर्ष अवधिका युवाहरू रहेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तारमा हामी जस्तोसुकै मूल्य चुकाएर भए पनि देशभक्ति नेतृत्व चाहेर अहिले संगठन बिस्तारलाई तिब्रता दिएको रास्वपा सदस्य मानमती बिष्टले बताइन् ।
उनले हामीले रास्वपालाई समर्थन गरेको मतलब अन्धभक्त होइन, सुधारको आशा हो भनेकी छिन ।अहिले सामाजिक सञ्जालको बर्चस्व फेसबुक, टिकटक, युट्युबजस्ता डिजिटल मञ्चहरूमा रास्वपा समर्थक युवाहरूको सक्रियता उच्च देखिन्छ । रवि लामिछाने र डा. तोसिमा कार्कीसहितका नेताहरूको भाषणहरू युवाले शतप्रतिशत ‘शेयर’ गरिरहेका छन् ।
पछिल्लो समय #RSPForYouth, #देशपहिलो जस्ता ह्यासट्याग दिनहुँ ट्रेन्डिङमा देखिन्छन् । यो संगै सावधानका स्वरहरू पनि तेतिकै उठिरहेका छन । तर यो मोह कति समय टिक्ने ? भन्ने प्रश्नमा धेरै जसो राजनीति मनोविज्ञहरुले चेतावनी सम्म दिदै, “यदि रास्वपाले पनि पुराना जस्ता व्यवहार गर्न थाल्यो भने यो मोह तुरुन्तै आक्रोशमा बदलिनेछ भन्ने गरेका छन ।
युवाको समर्थन क्षणिक पनि हुन्छ र प्रचण्ड बल पनि उत्तिकै हुन्छ । केही राजनीतिक विश्लेषकहरुका अनुसार रास्वपाले युवाको ऊर्जा सदुपयोग नगरेर चुनावी उत्साहमा मात्र सीमित गर्यो भने यो मोह सड्ने निष्कर्ष निकाल्ने गरेका पाइन्छ ।
देशमा अस्थिरता बढे संगै रास्वपा अहिले युवा पुस्ताको आशाको केन्द्र बनेको छ । तर यो मोहलाई दीर्घकालीन समर्थनमा बदल्न, पार्टीले पारदर्शिता, जवाफदेहिता र काम गर्ने शैलीमै नयाँपन देखाउनु पर्ने देखिन्छ । युवाहरू अब नारा होइन, नतिजा खोज्न थालेका छन् । तसर्थ नयाँको नयाँ पन देखाउन जरुरी छ ।
सम्पादकीय विश्लेषण
"युवाले साथ दिँदा चुनाव जितिन्छ, तर साथ कायम राख्न इमान र कर्मले मुल्यांकन गर्ने छ । रास्वपाले जनताका खुल्ला पत्र कहिले नबिर्सोस् !"