Sagun Khabar
बैतडीमा मंगलबार ३ जना संक्रमणमुक्त 

बैतडी –बैतडीमा मंगलबार नयाँ संक्रमितको संख्या शुन्य रहेको छ । ४३ जनाको एन्टीजेन परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै मंगलबार ३ जना संक्रमणमुक्त भएका छन् । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३० पुगेको छ ।

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १५ जना, मेलौली नगरपालिकामा ८ जना, पुर्चौंडी नगरपालिकामा २ जना, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना रहेका छन् ।

Atrya hospital

यस्तै बैतडीमा जिल्ला बाहिरका एक जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ४ ओटा स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् ।

जिल्लाको पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकामा सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update