Sagun Khabar
बैतडीमा कांग्रेसको वडा अधिवेशन भदौ २१ गते हुने 

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा वडा अधिवेशन भदौ २१ गते ८४ ओटै वडामा सम्पन्न गर्ने निर्णय भएको छ । मंगलबार जिल्ला सभापति नरेन्द्रसिंह थापाको अध्यक्षतामा र निर्वाचन अधिकृत पुष्पराज जोशीको उपस्थितीमा बसेको जिल्ला कार्य सम्पदान समितिको बैठकले भदौ २१ मा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको जिल्ला कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए । 

यस्तै मतदाता नामावलीमा केही त्रुटि भएमा सम्बन्धित वडाका पार्टी सभापतिसंगको समन्वयमा वडा मतदान अधिकृतले सच्याउने निर्णय समेत भएको छ । निर्वाचन अधिकृतले यो अधिकार वडा मतदान अधिकृतलाई प्रत्यायोजन गरेको कोषाध्यक्ष पाण्डेयले जानकारी दिए ।

यस्तै वडा मतदान अधिकृतहरुका लागि भदौ १७ गते एक दिने प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने निर्णय भएको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १७:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update