Sagun Khabar
बैतडीकी भागरथी भट्टका परिवारलाई आर्थिक सहयोग 

बैतडी –बैतडकी भागरथी भट्टका परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपालीज एसोसिएसन अफ भिक्टोेरिया(न्याभ), गैरआवसीय नेपाली संघ अस्ट्रेलिया र सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाको सहकार्यमा संकलन भएको २ लाख ७० हजार ८ सय ४० रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

च्यारिटी क्रिकेट म्याच २०२१ को आयोजना गर्दै सहभागीले दिएको रकम स्वर्गीय भट्टका परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ । उक्त म्याच ३ वर्षदेखि हुँदै आएको न्याभका उपाध्यक्ष तथा च्यारिटी म्याचका संयोजक प्रेमराज उप्रेतीले बताए ।

Atrya hospital

शनिबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टमार्फत भट्टका परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।

गत माघ २१ गते विद्यालय गएकी बैतडीकी भागरथीको बलात्कारपछि हत्या भएको थियो । बलात्कार र हत्याको आरोपमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेश पछि पुर्पक्षका लागि बालसुधार गृह डोटीमा राखिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update