Sagun Khabar
सुदूरपश्चिममा शनिबार ३५ जना संक्रमणमुक्त, थप १३ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शनिबार ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ३५ जना संक्रमणमुक्त भएका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै आज थप १३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी ७७८ जनाको कोरोना परीक्षण गर्दा थप १३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

शनिबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ ।  

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update