Sagun Khabar
बैतडीमा शनिबार दुईजना संक्रमणमुक्त, थप एकजनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा शनिबार दुई जना संक्रमणमुक्त भएका छन् । जिल्लामा रहेका सक्रिय संक्रमित मध्ये दुईजना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए  । यस्तै आज थप एकजनामा कोरोना पुष्टि भएको छ । एन्टीजेन परीक्षण गर्दा बझाङका एकजनामा कोरोना पुष्टि भएको हो ।

जिल्लामा अहिले २७ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ११ जना रहेका छन् । यस्तै मेलौली नगरपालिकामा ८ जना, दोगडाकेदार गाउँपालिकामा ३ जना, पुर्चौंडी नगरपालिकामा २ जना, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा जिल्ला बाहिरका एकजना सक्रिय संक्रमित रहेका छन् ।

जिल्लाका ४ ओटा स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । जिल्लाको पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update