Sagun Khabar
रुडेसद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण 

बैतडी –बैतडीमा विभिन्न स्थानीय तह र जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोरोना भाइरस संक्रमण जोखिमलाई मध्य नजर गरेर गैरसरकारी संस्था रुडेसले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । 

जिल्ला अस्पताल बैतडी, दशरथचन्द नगरपालिका र पाटन नगरपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिए । 

Atrya hospital

अक्सफाम नेपालको सहयोग र जिल्ला कोभीड व्यवस्थापन समितिको समन्वयमा स्थानीय तह र जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जोशीले बताए । 

आइसोलेसन कीट, सेनेटाइजर, मास्क, ग्लोब्स, कम्बल, मेट्रेस, सिरानी लगायतका सामग्री हस्तान्तरण गरिएको हो । २५० थान आइसोलेसन कीट, ४ हजार ५ सय मास्क लगायतका स्वास्थ्य सामग्री तीनै ठाउँमा हस्तान्तरण गरिएका जोशीले बताए । उनले भने ‘जिल्ला अस्पतालमा , दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छौं ।’
 
 

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update