Sagun Khabar
बैतडीमा भिरबाट लडेर युवा संघका जिल्ला सदस्य भाटको मृत्यु 

बैतडी –भिरबाट लडेर गम्भीर घाइते भएको युवा संघ नेपाल बैतडीका सदस्य विजय भाटको उपचारको क्रममा मृत्यु भएको छ । 

दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारको क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो । 

Atrya hospital

बिहीबार साँझ सदरमुकामबाट घर फर्कने क्रममा कलुवामोडबाट लडेर भाट घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

मृतक भाटका एक वर्षका छोरा र श्रीमती छन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update