Sagun Khabar
सुदूरपश्चिममा शुक्रबार थप १८ जनामा कोरोना पुष्टि, १७ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शुक्रबार थप २८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा ९५४ जनाको नमूना परीक्षण गर्दा थप २८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी १७ जना संक्रमणमुक्त भएका छन् । यसैगरी शुक्रबार सुदूरपश्चिमका एकजनाको कोरोनाबाट मृत्यु भएको निर्देशनालयले जनाएको छ । बुटवलमा उपचाररत कञ्चनपुरका ४७ बर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update