Sagun Khabar
बैतडीको मेलौलीका विद्यालय बन्द 

बैतडी –बैतडीको मेलौली नगरपालिकाले अर्को सूचना नभए सम्मका लागि विद्यालय बन्द गरेको छ । गएको साउन १० गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गरेको नगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै अर्को सूचना नभए सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

चाडपर्वको समय नजिक आएको, विदेशबाट घर फर्किने नागरिकको संख्या पनि बढ्दै गएकाले संक्रमणको जोखिम बढ्दै गएको नगरपालिकले जनाएको छ । 

Atrya hospital

नगरपालिकाका केही व्यक्तिमा संक्रमण देखिएकाले संक्रमण नफैलियोस भन्नका लागि विद्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

यस्तै नगरपालिकाले वैकल्पिक शिक्षणका उपायद्वारा शिक्षण सिकाईलाई अगाडि बढाउन आग्रह गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update