Sagun Khabar
गौरापर्वमा भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालय बैतडीको आग्रह 

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले गौरा पर्वमा भीडभाड नगर्न आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले गौराको समयमा भीडभाड नगरेर मनाउन आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई आग्रह गरेको छ । यस्तै होटेल तथा पसलहरु सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सूचना मार्फत आग्रह गरिएको छ । 

Atrya hospital

कोरोना भाइरस संक्रमणको जोेखिम कायमै रहेकाले वैकल्पिक उपाय मार्फत शिक्षण सिकाई क्रियाकलाप अघि बढाउन प्रशासनले आग्रह गरेको छ । यस्तै विभिन्न खालका गोष्ठी, समारोह, सेमीनारमा पूर्ण रुपमा रोक लगाइएको प्रशासनले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update