Sagun Khabar
बैतडीमा शुक्रबार थप एकजनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा शुक्रबार थप एकजनामा कोरोना पुष्टि भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ४ की एक २२ बर्षीया महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए ।

जिल्लामा अहिले २८ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १३ जना, मेलौली नगरपालिकामा ८ जना, दोगडाकेदार गाउँपालिकामा ३ जना, पुर्चौंडी नगरपालिकामा २ जना, सिगास र सुर्नया गाउँपालिकामा एक÷एक जना रहेका छन् ।

जिल्लाका ४ ओटा स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । जिल्लाको पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update