Sagun Khabar
एक सय बर्षमा नागरिकता !
Atrya hospital

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले १ सय बर्ष पुरा गरेका एक वृद्धालाई नागरिकता प्रदान गरेको छ । १ सय बर्ष पुग्दा सम्मपनि नागरिकता नबनाएका जिल्लाको मेलौली नगरपालिका वडा न. ६ हतरंगाकी सन्जादेवी भट्टलाई बिहीबार नागरिकता प्रदान गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । 

विगतमा सामाजिक सुरक्षा भत्ता पाउनका लागि वडाबाट दिइएको अस्थाई निस्साले काम गर्ने भएपनि अहिले बैंक खाता अनिवार्य गरिएको हुदाँ नागरिकता आमाको नागरिकता सञ्जाका छोरा बिरदत्त भट्टले बताए । 

आमालाई गाडी बुकिंग गरेर नागरिकता बनाउन जिल्ला प्रशासन पु¥याइएको उनले बताए । उनले भने ‘आमाले एक सय बर्षमा नागरिकता पाउँदा खुसी हुनुभएको छ । हामीलाई पनि खुसी लागेको छ ।’

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update