Sagun Khabar
बैतडीमा नेपाली कांग्रेसको प्रशिक्षण जारी

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिक आएका बेला बैतडी कांग्रेसले कार्यकर्ता प्रशिक्षण कार्यक्रम थालेको छ । जिल्ला कार्यसमितिको निर्णय अनुसार जिल्लाका सबै स्थानीय तहमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले जानकारी दिए । 

बुधबार दोगडाकेदार गाउँपालिकामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको कांग्रेसले आज सुर्नया गाउँपालिकामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको उनले बताए । 

Atrya hospital

प्रशिक्षणमा जिल्ला कार्यसमितिको गठन प्रक्रिया, महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया, वडा तथा पालिका समितिको अधिवेशन, कोष र कोषको बाँडफाँड र पदाधिकारीहरुको काम कर्तव्य र अधिकारका बिषयमा प्रशिक्षण दिन लागेको नेबि संघका पुर्व केन्द्रीय सदस्य जनकराज भट्टले बताए । 

प्रशिक्षण कार्यक्रममा पार्टीका  पालिका कार्यसमितिका पदाधीकारीहरु र वडा सभापति लगायतको सहभागिता रहने गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update