Sagun Khabar
बैतडीमा बिहीबार थप एकजनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा बिहीबार थप एकजनामा कोरोना पुष्टि भएको छ । जिल्लाको मेलौली नगरपालिका ९ का ४४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए । जिल्लामा अहिले २७ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १२ जना रहेका छन् । यस्तै मेलौली नगरपालिकामा ८ जना, दोगडाकेदार गाउँपालिकामा ३ जना, पुर्चौंडी नगरपालिकामा २ जना, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाका ४ ओटा स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिकामा र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका हुन् । जिल्लामा कोरोना परीक्षण दर घटेकाले पनि संक्रमितको संख्या कम भएको हुन सक्ने बताइएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update