Sagun Khabar
बैतडीको दुदिलाखान–गाँजरी सडक अवरुद्ध 
फोटो : दुदिलाखान–गाँजरी सडकमा खसेको पहिरो

बैतडी –बैतडीको सिगास गाउँपालिका जोड्ने दुदिलाखान –गाँजरी सडक अवरुद्ध हुँदा स्थानीयहरुलाई समस्या भएको छ । बर्षातका कारण सडकका विभिन्न ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको स्थानीय उद्धवसिंह धामीले बताए । दुदिलाखानदेखि गाँजरी सम्मको ९ किलोमिटर कच्ची सडकको विभिन्न ठाउँमा पहिरो खस्दा समस्या भएको उनले बताए । उनले भने ‘सडक अवरुद्ध हुँदा धेरै समस्या भएको छ । सडक अवरुद्ध भएकै कारण घण्टौं सम्म पैदल हिड्नुपर्छ ।’

सडक अवरुद्ध भएको दुई महिना भन्दा बढी भईसक्दा समेत सडक सुचारु गर्न कसैले पहल गरेका छैनन् । सडक अवरुद्ध हुँदा गाउँमा खाद्यान्नको मूल्य आकाशिएको स्थानीयहरुले बताएका छन् । दुदिलाखानबाट भारी बोकेर दैनिक उपभोग्य सामग्री पुर्याउनुपर्ने भएकाले सामग्रीको मूल्य बढेको व्यापारीहरुले बताएका छन् ।

Atrya hospital

सडक अवरुद्ध हुँदा अतिआवश्यक कामका लागि हिड्नुपर्नेहरुलाई समेत समस्या भएको छ । बिरामी तथा गर्भवती महिलाहरुलाई समेत टाढाका अस्पतालमा पुर्याउन समस्या भएको स्थानीय खगेन्द्र धामीले बताए । 

दुदिलाखान –गाँजरी सडक हरेक बर्ष बर्षातको समयमा अवरुद्ध हुने गरेको छ । बर्षातको समयमा सिगास गाउँपालिकाका विभिन्न वडाका नागरिक सडक सुविधाबाट वञ्चित हुने गरेका छन् ।

यस्तै ढुंगाडदेखि गाउँपालिकाको केन्द्र गर्जे सम्म सडक समेत पहिरोकै कारण अवरुद्ध भएको छ । यसै बर्ष गाउँपालिकाको केन्द्रमा सडक पुर्याएको भएपनि पहिरोका कारण सडक अवरुद्ध भएको स्थानीयहरुले बताएका छन् । बर्षातका कारण सडकको ठाउँठाउँमा पहिरो खसेको स्थानीय पदम रोकायाले बताए । 
 

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update