Sagun Khabar
बैतडीमा मंगलबार दुईजना संक्रमणमुक्त, नयाँ संक्रमितको संख्या शुन्य 
Atrya hospital

बैतडी –बैतडीमा मंगलबार दुईजना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकामा रहेका एक÷एक जना संक्रमणमुक्त भएका हुन् । बैतडीमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा अहिले २५ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १२ जना, मेलौली नगरपालिकामा ६ जना, दोगडाकेदार गाउँपालिकामा ३ जना, पुर्चौंडी नगरपालिकामा २ जना, सिगास गाउँपालिकामा १जना र सुर्नया गाउँपालिकामा एकजना रहेका छन् ।

जिल्लाका चारओटा स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र पाटन नगरपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update