Sagun Khabar
सुनको भाउ उच्च मूल्यबाट आठ सय रुपैयाँले घट्यो
Atrya hospital

काठमाण्डौ – सुनको भाउ आज उच्च मूल्यबाट आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आठ रुपैयाँले घटेर तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update