Sagun Khabar
नदीमा बगेर बेपत्ता भएका बैतडीका रामसिंह अझै फेला परेनन् 
Atrya hospital

बैतडी –गत शुक्रबार सुर्नया नदीमा बगेर बेपत्ता भएका बैतडीका एक व्यक्ति अझै भेटिएका छैनन् । जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुका ४२ वर्षीय रामसिंह साउद नदी तर्ने क्रममा बगेर बेपत्ता भएका थिए । शुुक्रबार दिउँसो १ बजेतिर सुर्नया नदी तर्ने क्रममा स्थानीय जयतेखोला नजिकबाट साउद बेपत्ता भएकोमा अहिले सम्म फेला नपरेका प्रहरीले जनाएको छ ।

नदीमा बगेर बेपत्ता भएका रामसिंहको खोजी कार्य जारी रहेको जल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । बेपत्ता साउदको स्थानियबासी र प्रहरी मिलेर खोजी भईरहेको उनले बताए । 

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update