Sagun Khabar
सुनको मूल्यमा भारी वृद्धि, बन्यो नयाँ रेकर्ड
Atrya hospital

काठमाडौं - बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

अघिल्लो दिन तोलामा २ हजार बढेको सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढ्यो । अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुग्यो ।


सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो । त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८३५ रुपैयाँ रहेकोमा आज १९०० रुपैयाँ पुग्यो ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update